तालिम

उद्यमशिलता विकास तालिम

आबदेन दिने आन्तिम मिति सकिएको छ
प्रशिक्षण / तालिमकाे विवरण

स्विस कन्ट्याक्ट आसमान नेपालको आर्थिक सहयोगमा एपेक्स एजुकेशनको आयोजनामा विराटनगर महानगरपालिकामा स्टेपअप परियोजना अन्तर्गत उद्यमशिलता विकास मार्फत लघु तथा साना उद्यमीहरुको विकास तथा प्रवर्द्धनका लागि १०० जनालाई उद्यमशिलता विकास तालिम प्रदान गर्न गईरहेको हुदाँ तपसिलमा उल्लेखित व्यक्तिहरुले २०८१।४।१० गते भित्र सम्बन्धित संस्थामा दरखास्त दिनुहुन यो सूचना प्रकाशिन गरिएको छ ।

तपसिलः

  • उद्यम व्यवसाय स्थापना गर्न चाहने वा व्यवसाय गरिरहेका १८ देखि ४० वर्ष उमेर समुहका सम्बन्धित विराटनगर महानगरपालिकामा  बसोबास गर्ने नागरिकहरु ।
  • वैदेशिक रोजगारीबाट फर्केर नेपालमै कुनै व्यवसाय गर्न चाहने व्यक्तिहरु ।
  • कुनै न कुनै रुपमा सीप हासिल गरी व्यवसाय गरिरहेका तर उद्यमशिलता विकास तालिम नलिएका ।
  • सीप हासिल गरी ज्यालादारीमा काम गरिरहेका/आफ्नै उद्यम व्यवसाय गर्न चाहने व्यक्तिहरु ।

नोटः महिला, दलित, आदिवासी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिईनेछ।

 

कार्यक्रमबाट उपलब्ध हुने सेवाहरुः

  • ५ दिने उद्यमशिलता विकास तालिम
  • व्यवसायिक परामर्श (उद्यम व्यवसाय दर्ता, वित्तिय साक्षरता/पहुँच, प्रविधि पहुँच, बजारिकरण, व्यवसायिक योजना तयारी तथा पुनरावलोकन आदि)

 

    • Apex Education , Biratnagar-12, Panchali Chowk
    • १०० रिक्त पद
    • २०८१-४-१५ देखी २०८१-५-१५
    • ५ दिन
    प्रशिक्षण दिने संस्थाकाे विवरण
      • संस्थाकाे नाम: Apex Education and Training Institute
      • ठेगाना: कोशी प्रदेश,मोरङ,विराटनगर महानगरपालिका -१२ ,
      • सम्पर्क नं: ९८४२१०५२३५
      • इमेल: sharu05235@gmail.com