हाम्रो बारेमा

श्रम संसार ,श्रम बजार सूचना प्रणालीको यस्तो जानकारी प्रदान गर्ने ठाँउ वा प्लेटफर्म हो, जसले रोजगारी र उद्यमशिलताका अवसरहरुको जानकारी प्रदान गर्दछ । सार्वजनिक र निजी श्रम बजारका निकायहरु, प्रशिक्षण वा तालिम प्रदायक, रोजगारी सेवा प्रदायक, रोजगारी प्रदायक (कम्पनी वा संस्थान, रोजगारी प्रदान गर्ने संस्था वा निकाय) जस्ता रोजगार प्रणालीका सरोकारवाला निकायहरु बिच सम्बन्धि स्थापित गर्दै एक अर्का बिचको परिपूरकको रुपमा दिगो रुपमा स्थापित गर्न बनेको संरचना हो । नेपालको संविधान २०७२ अनुसार रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गरिएकोले स्थानिय सरकारले यसको अपनवत्व लिनेछ । जसको लािग स्थानीय सरकारले रोजगार प्रणालीका सरोकारवाला निकायहरुको विचमा यसको दिगो रुपमा कार्यान्वयन गर्न सहजिरण र नियमनकारी भुमिका निर्वाह गर्दछ ।

यसले मुलभुत रुपमा श्रम बजारको सूचना आदन प्रदान स्थापित गर्दे, श्रमिकको माग र आपूर्ति गर्ने प्रणालीका सरोकारवाला निकायहरुको विच सहकार्य गर्ने ठाँउ वा प्लेटफर्मको रुपमा कार्य गर्दछ । जसले श्रमिकहरुलाई नयाँ रोजगारीको अवसरको जानकारी प्रदान गर्दै श्रम आपूर्तिमा प्रणालिगत अवसरहरुलाई दिगो रुपमा स्थापित गर्ने कार्य गर्दछ । यस प्रणालीमा बेरोजगार व्यक्ति तथा सरोकारवाला निकायहरुको अभिलेख रहने भएकाले श्रम संसार श्रम बजारको तथ्यांकीय जानकारी प्राप्त गर्न सकिने छिटो र सरल माध्यम बन्नेछ । जसको प्रत्यक्ष लाभ वेरोजगार यूवाहरुका साथै यसका सरोकारवाला निकायहरु लिनेछन् । यसले हाल श्रम बजारमा रहेको रिक्ततालाई पूरा गर्ने कार्य गर्नेछ ।

श्रम संसार कोशी प्रदेश विराटनगर महानगरपालिका, इटहरी उप-महानगरपालिक र दुहवी नगरपालिको स्वामित्वमा शुरु भएको छ । यसबाट नगरपालिकाहरुले रोजगारी प्रणालीको माग र आपूर्ति दुवै पक्षमा डाटा बेस, डिजिटल प्रविधि र सुचना प्रणालीको प्रयोगमा व्यवहारिक परिवर्तनको अपेक्षा गरेको छ । बेरोजगार युवाहरुलाई रोजगारी सुचनाको पहुँच अभिवृद्धि गर्न मोबाइलमा आधारित एप्लिकेसनको शुरुवाले थप सहज गर्ने विश्वास गरिएकोछ । यसले श्रम बजारको अवश्था विश्लेषण गर्न सहज बनाउने हुदाँ श्रम बजारका नीतिहरुको अनुगमन गर्दै, अभिलेखिकरणका साथै योजना निमार्ण गर्न सहजिकरण गर्ने भएको यसको दीर्धकालिन उपयोगिताको परिकल्पना गरिएको छ ।

श्रम संसार को विशेषताहरु :

  • नेपालको संविधानले परिकल्पना गरेको श्रम बजार सूचना प्रणालीको शुरुवात श्रम संसारमा एप्समा बेरोजगार यूवाहरुले आफैले सान्दर्भिक कामहरु खोजगरि फेला पार्न सक्ने ।
  • रोजगारीका लागि आवश्यक सीपहरु प्राप्त गर्नका लागि तालिम प्रदायकहरुद्वारा उपलब्ध गराइने सान्दर्भिक प्रशिक्षण पाठ्यक्रमहरु पनि फेला पार्न र आवेदन दिन सकिन्छ ।
  • श्रम संसारले रोजगार सेवा प्रदायकहरुलाई वेरोजगार यूवाहरुको सूचना व्यवस्थापन प्रणालीमा तथ्यांकिय ब्यवस्थापन गर्न तथा अपग्रेड गर्न सकिने ।
  • तालिम सेवा प्रदायकहरुले तालिमको बारेमा मात्र जानकारी राख्न तथा सिधै पोर्टलबाट प्रशिक्षार्थीहरुलाई भर्ना गर्न पनि सकिने ।
  • नगरपालिकाहरु, सञ्जालहरु र संघहरुले एकैचोटि सबै सान्दर्भिक प्रयोगकर्ताहरुमा सूचनाहरु र जानकारी प्रकाशित वा पठाउन सकिने ।
  • स्थानिय सरकारले श्रम बजारको वास्तविक अवश्थाको जानकारीको पहुँच हुनेछ । जसले मानव संसाधनको प्रभावकारी र कुशल व्यवस्थापनको लागि सहज पहुँचयोग्य सुचना स्थापित गर्न महत्वपूर्ण हुनेछ ।

राेजगारीका लागि आवद्ध हुने तरिका

नयाँ खाता खोल्नुहोस्

राेजगारी खोज्नुहोस्

जागिरको लागि आवेदन दिनुहोस्