सूचना

विराटनगर महानगरपालिकाद्वारा नगर प्रहरीको लागि दरखास्त आह्वान !!

२०८१-०६-३० विराटनगर डाउनलोड गर्नुहाेस्

१) दरखास्त फाराम दर्ता मितिः- सूचना प्रकाशित भएको मितिदेखि १५ (पन्ध्र) दिनसम्म कार्यालय समयसम्म (आवेदन पेश गर्ने अवधिको अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन ) ।
२) दरखास्त फाराम पाइने र बुझाउने स्थान:- विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराटनगर ७, मोरङ, कोशी प्रदेश ।
३) दरखास्त दस्तुरः- रु.३००।- (तीन सय), साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि रु.१००। ( एक सय) का दरले थप दस्तुर लाग्नेछ ।
४) उमेर हद:- दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको, तर नगर प्रहरी सेवा वा नेपाल सरकारको सुरक्षा निकायको बहालवाला वा सेवानिवृत्त कर्मचारीको हकमा ४५ वर्ष ननाघेको ।
५) आवश्यक न्यूनतम योग्यता:-
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा वा सो सरह उत्तीर्ण भएको,
(ख) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको,
(ग) मानव अधिकार र मानवीय कानूनको उल्लङ्घनमा सजाय नपाएको,
(घ) राजनीतिक दलको सदस्य नरहेको,
(ङ) आतङ्ककारी सङ्गठनको सदस्य नरहेको,
(च) पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च छाती ३१-३३ इन्च तौल ५० के.जी. र महिलाको हकमा
घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी. भएको,
(छ) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,
(ज) नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको.
(झ) नेपाली नागरिक ।