सूचना

रोजगारीमा आवेदन दिनु अघि अनिवार्य रुपमा आफ्नो प्रोफाइल complete गर्न अनुरोध !!

२०८०-१२-२९ विराटनगर

रोजगारीमा आवेदन दिनु अघि अनिवार्य रुपमा आफ्नो प्रोफाइल complete गर्न अनुरोध गर्दछौँ । प्रोफाइल अपूर्ण हुँदा दिएको आवेदनबाट रोजगारदाताले तपाईँको शिक्षा, अनुभव जस्ता अत्यावश्यक विवरण हेर्न नमिल्ने भएकाले तपाइँलाई अन्तर्वार्ताको लागि बोलाउने वा रोजगारीमा छनोट गर्न असमर्थ हुनेछन् ।

तसर्थ,  आफ्नो प्रोफाइल complete गर्न मोबाइल app को माथिल्लो भागमा श्रमसंसार लेखिएको बायाँ तिर रहेको ती वटा धर्कामा क्लिक गरी प्रोफाइल सम्पादन गर्नुहोस् मा क्लिक गरेर आफ्नो शिक्षा, अनुभव जस्ता विवरण भर्नुहोस्। यसरी आवेदन दिँदा तपाईँ छनोट हुने सम्भावना बढी रहन्छ ।

प्रोफाइल सम्पादन गर्न थप सहयोग चाहिएमा ९८४२०८५७७६ मा कल गरी प्राविधिक सहयोग लिन सक्नुहुनेछ ।