लगनशिलता र सीपले सफल बनाउँछ

२०८०-०४-११
Swarojagar Training Center


लगनशिलता र सीपले सफल बनाउँछ मेरो नाम बरुण सिक्दार हो । अहिले म परिवार सहित सुन्दरहरैँचा–२, मृगौलियामा बस्छु । सुरुमा म वैदेशिक रोजगारीमा गएको थिए । त्यहाँ भने जस्तो आय आर्जन गर्न सकिएन् र म नेपाल फर्किए । त्यसपछि म केहि काम नभएर बेरोजगार हुन बाध्य भए । मनमा धेरै कुराहरु खेल्ने गथ्र्यो अब के गर्ने होला ?, कसरी गर्ने होला ? यसरी त घरमै बसेर जिवन चल्दैन्, 
      त्यहि क्रममा मैले सामाजिक संजाल मार्फत स्वरोजगार ट्रेनिङ सेन्टर प्रा.लि.को बारेमा जानकारी पाएँ । त्यस पछि म तालिमको बारेमा बुझ्न  तालिम केन्द्रको कार्यालयमा गए अनि अहिले बजारमा धेरै माग भएको रेफ्रिजिरेशन, फ्रिज तथा ए.सि. मर्मत तालिम सिक्ने निर्णय गरे ।

 त्यसपश्चात   मैले तालिम सिक्न सुरु गरे । तालिममा धेरै राम्रो संग कक्षाहरु   संचालन भयो । तालिमको क्रममा नयाँ नयाँ प्रविधि अनुसारको फ्रिज तथा   एसिहरु   कस्तो कस्तो आउदै छ अनि आफु कसरी अपडेट हुने आदि   कुराहरुको पनि जानकारी पाएँ ।
                 तालिमको क्रममा चाहिने सम्पुर्ण सामाग्रीहरु तालिम केन्द्रले नै   उपलब्ध गराउनु भएको थियो । अझ मलाई त के फाइदा भयो भने तालिम   केन्द्रमा   सिकेका कुराहरु प्रत्यक्ष फिल्डमा पनि सिक्ने मौका पाए । 
 तालिम सिक्ने क्रममा आफ्नो बजारीकरण कसरी गर्ने ? कामहरु कसरी   आउँछ ? ग्राहकहरुसंग कसरी बोल्ने ? आदि कुराहरु पनि सिकाउनु भयो  ।


  मैले त्यहाँ गएपछि सोच्दै न सोचेको उपलब्धी हासिल गर्न सफल भए । अनि अर्को रोचक कुरा के छ भने तालिम सिक्दा सिक्दै प्रशिक्षकहरुले भने जस्तो सामाजिक संजालमा मैले विज्ञापन गरेको थिए । त्यहाँ बाट काम पनि आईहाल्यो र मैले काम गरेर एक दिनमै १८,००० रुपैया कमाउन सफल भए ।
म त यति खुःशी भएकी सबै साथिहरुलाई मिठाई बाँडे अनि साथिहरुले मलाई बधाई दिनु भयो र भन्नु भयो म पनि अब पैसा कमाएर देखाउछु ।
म त छक्क परे हिजो सम्म तालिम सिक्दा वास्तै नगर्ने साथिहरु अब ध्यान दिएर तालिम सिक्न थाले । यसरी नै साथिहरु संग मिलेर तालिम सिकियो । तालिममा मैले साना –साना कुराहरु देखि बजारमा आउने समस्याहरु सबै सिके ।

अहिले मैले बेलबारी चौक बाट उतर ढुकुरे चौकमा  फ्रिज तथा ए.सि मर्मत गर्ने पसल खोलेको छु । म अहिले सम्पुर्ण घरायसी उपकरणहरु मर्मत गर्छु । कमाई राम्रो हुदो रहेछ । म त अहिलेका युवाहरुलाई के भन्न चाहान्छु भने सिप सिकौं स्वदेशमै केहि गरौँ । यदि वैदेशिक रोजगारीमा जाने हो भने पनि सिप सिकेर मात्र जाऊ है नभए त्यहाँ दुःख पाइन्छ भनेर सर–सल्लाह दिने गरेको छु ।

बेरोजगार भएर साथिभाई छरछिमेक, आफन्तहरुले दुरी बढाइरहेको बेला स्वरोजगार ट्रेनिङ सेन्टरले साथ दिएकै कारण पसल खोलेर मेरो जिवन स्तर उकास्न सफल भए ।

प्रगतिको खोजीमा देश छाड्नु पनि उचित उपाय त होइन रहेछ । स्वदेशमै लगनशिलताका साथ काम गर्यो  भने डलर यहि फलाउन सकिदो रहेछ । अहिले त मैले काममा जानको लागि भनेर यहि क्षेत्रबाट कमाएर मोटरसाइकल पनि खरिद गरि सकेको छु । म स्वरोजगार प्रति आभार प्रकट गर्न चाहान्छु ।

 

                                                    संगिता ठाकुर
                                                   लेखक/संकलन