मानिसको जिवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन् तर समस्यालाई पहिचान गरी सकरात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै असफलतालाई पनि पछि पार्दै सफलता हात पार्न सकिन्छ भन्ने उदाहरणका पात्र हुन मोरङ जिल्ला सुन्दरहरैँचा वडा नं. ७ निवासी अमृत रोक्का ।
विगत केहि वर्ष अगार्डी उनि बेरोजगार भएर गाँउ घरमा त्यसै भौतारिएर बस्ने गर्थे । अब स्वदेशमा केहि भएन भनेर वैदेशिक रोजगारीमा जादा पो धेरै पैसा आय आर्जन हुन्छ र असफलताले साथ छोड्छ अनि सफलताले साथ दिन्छ भनेर उनि वैदेशिक रोजगारिमा गए तर के गर्नु भाग्यमा नभएपछि त्यहाँ पनि उनले धेरै दुख पाए । त्यस पछि पुर्ण उनि स्वदेश फर्किए ।
पारिवारको सम्पुर्ण आशा र भरोसाको दियो तेल बिनाको बाति जस्तो भई सकेको थियो । उनैको भरमा चलिरहेको परिवार अब ऋण नै ऋणमा डुब्न लागि सकेको थियो ।
साना साना छोरा छोरी परिवारको आर्य स्रोत केहि नभए पछि उनले सानो तिनो कपडाको ब्यापार गर्ने निर्णय गरे तर प्रयाप्त पुजीको अभाव साथै वैदेशिक रोजगारिको ऋणले गर्दा ब्यापार सोचे अनुसार हुन सकेन र ४,५ महिना नबित्दै पसल बन्द गर्नुपर्ने भयो । एक दिन उनि घरमै रेडियो सुनेर बसि रहेका थिए । त्यस दिन रेडियोमा के सुने त्यो दिन देखि उनको जिवनमा धेरै परिर्वन भएर सफलता नै सफलताले साथ दिन थाल्यो ।
उनले त्यस दिन स्वरोजगार ट्रेनिङ सेन्टर प्रा=लि= इटहरीको विज्ञापन सुनेका थिए । त्यहाँ विभिन्न विषयका छोटा अवधिको सिपमूलक तालिमहरु सिकाईन्छ भन्ने जानकारी पाए । त्यस पछि उनले त्यस तालिम केन्द्रमा गएर फिज, ए.सि बनाउने तालिम र मोबाइल मर्मत तालिम सिके ।
तालिम सिक्ने क्रम्मा तालिम मात्र नभएर व्यपार कसरि गर्ने ? पैसाको सहि सदुपयोग कसरि गर्ने ? ग्राहाक संग कसरि बोलचाल गर्ने साथै ग्राहाक पहिचान कसरि गर्ने ? आदि कुराहरुको पनि जानकारी लिने मौका पाए ।
तालिम पश्चात अहिले भने उनि मख्ख छन् । उनले तालिम पश्चात तत्कालै सुन्दरहरैँचा गोठगाँउमा मेलिना रेफ्रिजिरेशन एण्ड मोबाइल मर्मत तथा बिक्रि केन्द्र खोलेका छन् । उनले पसल संचालन गरेपछि यति मजले चल्यो कि उनले आफुलाई लागेको सम्पुर्ण ऋण पनि चुक्ता गरि सकेका छन् र छोरा छोरिलाई पनि राम्रो शिक्षा दिक्षा दिन सफल भएका छन् ।
संगिता ठाकुर
लेखक/संकलन